बजाजले सार्वजनिक गर्‍यो नयाँ टेम्पो, बजार मुल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं-  बजाज कम्पनीको आधिकारिक विक्रेता केसरीचन्द भवरलाल कम्पनीले तीनपांग्रे टेम्पो बजाज बीएस ६ बजारमा ल्याएको छ ।

नेपालका लागि बजाजले  बिहीबार नेपालभर आरई बीएस ६ सार्वजनिक गरेको हो ।

पहिलेको बीएस ४ भन्दा अहिलेको गाडीमा धेरै फिचर थपिएको विराटनगरका बिक्रेता केसरीचन्द भवरलालका प्रोप्राइटर प्रशान्त तातेडले बताए ।  २३६ सिसीको इन्जिन, प्यासेन्जरका लागि साइड ढोका, एमपीथ्री म्युजिक सिस्टमलगायत १० वटा फिचर थपिएर यसमा थपिएका छन् ।

विराटनगरको राधारमण मन्दिर बरगाछीमा रहेको सोरुममा नयाँ अटो सार्वजनिक गर्दै तातेडले सिटी सफारी चलाएर दिनभरिमा ५ देखि ८ सय रुपैयाँ मात्रै कमाउने चालकले यो अटोबाट दैनिक २ हजारसम्म बचत गर्न सक्ने दाबी गरे ।

६ वटा विभिन्न कलरमा उपलब्ध अटोका लागि केसरीचन्द भवरलालले दुई वर्षे किस्तामा शून्य प्रतिशत ब्याजदरमै उपलब्ध गराएको छन् । अटोको बजार मूल्य ५ लाख ६४ हजार ९ सय रुपैयाँ पर्छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया