क्रिकेटर  उमर माथिको प्रतिबन्ध  छ महिना  घट्यो

शुक्रबार, १४ फागुन २०७७, १८ : १८

क्रिकेटर  उमर अकमल माथि लागेको प्रतिबन्ध  छ महिना घटाइएको छ ।  पाकिस्तान  क्रिकेट टिमका ब्याट्सम्यान  उमर अकमल म्याच फिक्सिङमा दोषी ठहर भएका थिए। 

उनीलाई सन् २०२० फेब्रुअरी २० मा १८ महिनाको प्रतिबन्ध लगाइएको थियो । गत वर्ष पाकिस्तान सुपर लिगको पाँचौं संस्करण सुरु हुनुभन्दा केही घण्टा अघि मात्रै उनलाई  निलम्बन गरिएको थियो । 

उनको प्रतिबन्ध छ महिना कम गरिएपनि २७ हजार अमेरिकी डलर जरिवाना तिर्नुका साथै पाकिस्तान क्रिकेट बोर्डले सञ्चालन गरेको पुर्नस्थापनाको कार्यक्रममा सहभागी हुनुपर्नेछ ।  

सन् २०२० को जनवरीमा म्याच फिक्स गर्ने प्रस्ताव गरेको आरोप लागेका उमरलाई  पीसीबीले छानबिन गरी  दोषी ठहर गर्दै उनमाथि  प्रतिबन्ध लगाएको थियो । 

 

शुक्रबार, १४ फागुन २०७७, १८ : १८

प्रतिक्रिया