नेयमार चोटमुक्त हुँदै फर्किए प्रशिक्षणमा

३ बर्ष अगाडि

एजेन्सी - पेरिस सेन्ट जर्मनका स्ट्राइकर ब्राजिलियन नेयमार प्रशिक्षणमा फर्किएका छन् । उनी चोटमुक्त हुँदै प्रशिक्षणमा टिमको फर्किएका हुन् । 

च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाविरुद्धको दोस्रो लेगको तयारीमा रहेको टिमको प्रशिक्षणमा नेयमार पनि सहभागी भएका हुन् । प्रशिक्षणमा फर्किए सँगै चोटका कारण पहिलो लिग गुमाएका नेयमार दोस्रो लिग खेल्ने सम्भावना बढेको छ ।

नेयमार प्रशिक्षणमा फर्किएसँगै पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले उनले बार्साविरुद्धको दोस्रो लिग खेल्ने सम्भावना रहेको बताएका छन् । यसअघि नेयमारले दोस्रो लिगको खेलपनि गुमाउने बताइएको थियो । 

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगमा बार्सिलोनाविरुद्ध पिएसजीले चार एकको फराकिलो जित निकालेको थियो । जसमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया