युरोपा लिग फुटबल अन्तरगर्त अन्तिम १६ को खेलको तालिका सार्वजनिक भएको छ ।
युरोपीयन फुटबल एसोशिएसनले युरोपा लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक गरेको हो । जसअनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले क्वार्टर फाइनलमा पुग्नका लागि इटालियन क्लब एसी मिलानसँग प्रतिस्पर्धा गर्ने छ भने अर्को इंग्लिस क्लबले आर्सनलले ग्रिसको ओलम्पियाकोसँग खेल्दा इग्ल्याण्डको टोटनह्यामको प्रतिस्पर्धी डिनामो जाग्रेब रहेको छ ।
यसैगरी आयाक्स र योङ ब्वाइजसँग, डाइनामो किभ र भिल्ला रियल, इटालियन क्लब रोमा र शाख्तर डोनेत्स्क तथा रेन्जर्स र स्लाभियाबीच प्रतिस्पर्धा हुने छ । स्पेनिस क्लब ग्रानडाले मोल्डेसँग खेल्नेछ ।
प्रतिक्रिया