फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति ?

मंगलबार, १८ फागुन २०७७, ०९ : २८

काठमाडौं, नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले फागुन १७ गतेको राति १२ बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ २५ रुपैयाँ वृद्धि गरेको छ ।

त्यस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ र हवाई इन्धनतर्फ आन्तरिकतर्फ प्रतिलिटर ७२ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ८९३ रुपैयाँ कायम भएको छ ।
 

मंगलबार, १८ फागुन २०७७, ०९ : २८

प्रतिक्रिया