काठमाडौं- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले फेरि एक नयाँ उचाइमा पुगेका छन् । इस्टाग्राममा विराटका फलोअर्स संख्या १०० मिलियन पुगेका छन् । विराट विश्वका एकमात्र खेलाडी हुन जसको इस्टाग्राममा फलोअर्सको संख्या १०० मिलियन पुगेको हो ।
कोहली सोसल मिडियामा निकै एक्टिभ रहन्छन् । उनी अब रोनाल्डो,मेसी जस्ता विश्वका ठूला खेलाडीको लिस्टमा समावेश भएका छन् । एक नयाँ उपलब्धि हासिल गरेको मा आईसीसीले पनि कोहलीलाई बधाई दिएको छ ।
भारतमा इंस्टाग्राममा फलोअर्सको सङ्ख्याको मामलामा दोस्रो नम्बरमा प्रियंका चोपडा रहेकी छन् । उनका इंस्टाग्राममा ६०।८ मिलियन फलोअर्स रहेका छन् ।
प्रतिक्रिया