आज म्यानचेस्टर सिटी र उल्भरह्यामट् भिड्ने

मंगलबार, १८ फागुन २०७७, १५ : १७

प्रिमियर लिग अन्नतरगर्त आज राती हुने खेलमा म्यानचेस्टर सिटी र उल्भरह्याम्टन भिड्दैछन् । खेल सिटीको घरेलु मैदानमा नेपाली समय अनुसार राति २ः४५ बजे शुरु हुनेछ  । 

२० खेल पुर्याएको सिटी  शीर्ष स्थानमा रहेको छ भने उल्भ्सलाई हराए लगातार २१ खेल जित्ने तेस्रो युरोपियन क्लब बन्नेछ । यसअघि बार्यनले २३ खेल र रियालले २२ खेलसम्म लगातार जित निकालेका छन् । यो सिजनमा सिटीले प्रिमियर लिगमा मात्र लगातार १४ खेलमा जित निकालेको छ । 

यता उल्भ्स  सन् २०१८ र १९ को सिजनमा प्रिमियर लिगमा  सिटी विरुद्ध सात अङ्क लिन सफल भएको छ । आजको खेल जितेमा उल्भ्सले  सन् १९६० पछि पहिलो पटक सिटीको मैदानमा जित निकाल्नेछ ।

 

मंगलबार, १८ फागुन २०७७, १५ : १७

प्रतिक्रिया