सुनको आयात कोटा वृद्धि गर्न वाणिज्य मन्त्रालय सकारात्मक

३ बर्ष अगाडि

काठमाडौं - नेपाल सुनचाँदी ब्यवसायी महासंघले बजारमा सुनको माग अनुसारको आपुर्ति बढाउन आयात कोटा नै बढाउनु पर्ने माग राखेका छन् । 

सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराइसँग भेटगरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सृजना भैसकेको भन्दै तत्काल कोटा वृद्धिगर्न माग गरेका हुन् ।

सो भेटमा सचिव भट्टराइले कोटा वृद्धिगरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन । सुनको आयत बढाई माग अनुसारको आपुर्तिका लागि आवश्यक पहल गर्ने पनि बताएका हुन ।

उनले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्वन्धित निकायहरुसँग आवयक परामर्शगरी सिघ्र समस्याको समाधान गरिने बताए ।

साथै उनले आपूर्ति ब्यवस्था प्रभावकारी नहुँदा अवैध कारोबार फस्टाउन सक्ने तर्फ पनि सरकार सचेत रहेको उल्लेख गर्दै व्यवसायीका माग छिट्टै सम्वोधन गरिने आस्वशन दिएका छन ।

सुन आपुर्ति न्यून भएपछि बजारमा कच्चा सुनको अभाव देखिएपछि वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले सरकारसँग आग्रह गरेका हुन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया