टेलिकमले गर्यो लाभांश वितरणको घोषणा

३ बर्ष अगाडि

काठमाडौं - नेपाल दुरसञ्चार कम्पनी (टेलिकम) ले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई लाभांश वितरण गर्ने भएको हो । 

कम्पनी सञ्चालक समितिको फागुन १९ गते बिहान सम्पन्न बैठकले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया