काठमाडौं - चालु आर्थिक वर्षको सात महिनामा ४ अर्ब ५४ करोड रुपैयाँ बढिको धागो नेपालबाट विभिन्न देशमा निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कले यस्तो देखाएको हो ।
विभागका अनुसार चालु आर्थिक वर्षको समीक्षा अवधिमा ४ अर्ब ५४ करोड ४९ लाख ५७ हजार रुपैयाँ बराबरको धागो निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा धागो निर्यात १२.०३ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षको ७ महिनामा ५ अर्ब १६ करोड ६४ लाख ५४ हजार रुपैयाँ बराबरको धागो निर्यात भएको थियो ।
त्यस्तै गत आर्थिक वर्षमा ७ अर्ब १५ करोड ९ लाख ४२ हजार रुपैयाँ बराबरको धागो नेपालबाट विभिन्न देशमा निर्यात भएको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया