युभेन्टसको सानदार जित, रोनाल्डोको नँया कृतिमान

३ बर्ष अगाडि

इटालीयन सिरि ए अन्तर्रगत हिजो राती भएको खेलमा युभेन्टसले सानदार जित निकालेको छ । मंगलबार राती युभेन्टसकै खेल मैदानमा भएको खेलमा युभेन्टसले स्पेजियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसका लागी  अल्भारो मोराटा, फेडरिको चिइसा र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको युभेन्टसले ६२ औं मिनेटमा मोराटाले गोल गरेसंगै अग्रता बनाएको थियो ।

दोस्रो हाफको ७१ औं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्टसले   २–० को अग्रता कायम गर्यो ।  यस्तै खेलको ८९ औं मिनेटमा रोनाल्डाले गोल गर्दै युभेन्टसलाई ३–० को जित दिलाए ।

गोलसँगै सिजनको २० औं गोल पुरा गर्दै रोनाल्डोले युरोपको शीर्ष पाँच लिगमा लगातार १२ सिजन २० भन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

तेस्रो स्थानमा रहेको युभेन्टसको  २४ खेलमा ४९ अंक रहेको छ भने स्पेजिया २५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया