एप्पल कम्पनी विरुद्ध मुद्दा

३ बर्ष अगाडि

एप्पल कम्पनी बिरुद्ध मुद्दा दर्ता भएको छ । एप्पल कम्पनीको आइफोन–एक्स पड्केको र एप्पल घडी धेरै तात्तिएर नाडी जलेको भन्दै एप्पल कम्पनी बिरुद्ध मुद्दा दायर भएको हो । 

सन् २०१९ मा खल्तीमा भएको आइफोन पड्कँदा अष्ट्रेलिया मेलबर्नका वैज्ञानिक रोबर्ट डी रोज अस्पतालमा भर्ना भएका थिए। उनले एप्पल कम्पनीलाई यस विषयमा  रिपोर्ट गरेको तर कम्पनीले कुनै प्रतिक्रिया नदिएको भन्दै एप्पल विरुद्ध मुद्दा दर्ता गराउने तयारीमा रहेको  एप्पल इन्साइडरले लेखेको छ। 

केही समय अगाडि एप्पलका अर्का प्रयोगकर्ताले पनि एप्पल घडी धेरै तात्तिएर नाडी जलेको बताएका थिए। यी दुवै रिपोर्ट अदालतमा दायर भइसकेको छ। 

एप्पलका एक प्रवक्ताले कम्पनीले ग्राहकको सुरक्षा अत्यन्त गम्भीरताको साथ लिने र पछिल्लो घटनाहरूको अनुसन्धान पनि भइरहेको बताएको एप्पल इन्साइडरले लेखेको छ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया