काठमाडौं - नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो महाधिवेशन आगामी चैत ७ गते हुने भएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी महासंघले साधारणसभा र नेतृत्व चयनको मिति घोषणा गरेको हो ।
७ गतेलाई महाधिवेशन र ८ गतेलाई महासंघको भावी नेतृत्व चयनको निर्वाचन हुने महासंघले जनाएको छ ।
महाधिवेशन चैत ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । साथै महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ ।
निजी व्यवसायिक क्षेत्रकै छाता संगठनको रुपमा रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले कोभिडकालमा समेत सशक्त रुपमा व्यवसायीहरुको समस्यामा लडेको र बन्द रहेका सटरसँगै मालसामान आयात निर्यातको सीमा नाका खुलाउन समेत पहल गरेको थियो ।
प्रतिक्रिया