निर्यात हुन थाल्यो सुनका गरगहना, ७ महिनामा कति ?

विहीबार, २० फागुन २०७७, ०९ : ०४

काठमाडौं - चालू आवको पहिलो ७ महीना अर्थात् माघसम्म रू. १५ करोड ६७ लाख ६९ हजारको सुनका गरगहना निर्यात भएको छ । यस अवधिमा साढे १२ केजी बराबरको सुनका गरगहना निर्यात भएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको शुरूदेखि नै विदेशी बजारमा यस्ता गरगहनाको निर्यात हुन थालेको छ ।

मूल्य वृद्धि र कोरोना विपद्का कारण स्वदेशी बजारमा सुनका गरगहनाको कारोबार घटेकोमा विदेशमा भने यसको निर्यात हुन थालेको हो । 

पछिल्लोपटक अर्थिक २०७२/७३ मा चीनमा ६१५ केजी बराबरको सुनका गरगहना निर्यात भएको थियो । त्यसपछि गत आवसम्म सुनका गरगहनाको निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिँदैन । 

यद्यपि, नगण्य मात्रामा सुनका गरगहनाको निर्यात भने भएको हुन सक्ने व्यवसायीहरू बताउँछन् । तर, चालू आवको शरूदेखि नै सुनका गरगहनाको निर्यात व्यापक मात्रामा हुन थालेको विभागको तथ्यांकले देखाएको छ ।


 

विहीबार, २० फागुन २०७७, ०९ : ०४

प्रतिक्रिया