गोलरहित बराबरीमा युनाइटेड

विहीबार, २० फागुन २०७७, ०९ : ४७

काठमाडौं- प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेससँग बराबरी खेलेको छ । 

बुधबार राति भएको खेलमा युनाईटेड क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको हो । क्रिस्टलको मैदानमा भएको खेलमा दुई टोलीले बराबरी खेल्दै अंक बाडेका हुन् । 

बराबरीसँगै युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक दूरी कम गर्ने मौका समेत गुमाएको छ । दोस्रो स्थानको युनाइटेडले २७ खेलमा ५१ अंक जोडेको छ । सिटीको ६५ अंक छ ।

विहीबार, २० फागुन २०७७, ०९ : ४७

प्रतिक्रिया