विहीबार तोलामा एक हजारले घट्यो सुनको मूल्य, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १००० रुपैयाँले घटेको छ ।

हिजो प्रतितोला ८७ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा १००० रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य ८६ हजार ५० रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

हिजो चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ रहेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया