५० हजार पुरस्कार राशिको मेयर र अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

३ बर्ष अगाडि

फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । 

यही फागुन २४ देखि २७ सम्म प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने सिरिजङ्घाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । गाउँपालिकाका आठ वडामा आठ खेलाडीले सहभागी बन्न पाउनेछन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ५० हजारका साथ रनिङ कप, दोस्रो हुनेलाई रु ३० हजार, तेस्रो हुने टोलीलाई रु २० हजार र सान्त्वना पुरस्कारवापत रु १० हजार  प्रदान गर्ने उनले बताए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु पाँच हजार, उदयीमान खेलाडीलाई रु तीन हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु एक हजारले पुरस्कृत प्रदान गर्ने पालिकाले जनाएको छ । वडास्तरमा गरिने खेलाडी छनोटमा आवश्यक व्यवस्थापन गर्न प्रतिवडामा रु २५ हजारका दरले रकम उपलब्ध गराइने जनाइएको छ । 

यही १३ देखि १५ चैतसम्म फुङ्लिङमा मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।  फुङ्लिङ उपप्रमुखले बमबहादुर भट्टराईले  प्रतियोगिताका विजेताले रु दुई लाख २१ हजार १०० का साथ रनिङ कप पाउने जानकारी दिए । उपविजेता टोलीले रु एक लाख ११ हजार १०० का साथ कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट दुई टोलीलाई जनही रु ३३ हजारसहित कप प्रदान गरिने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया