घट्यो तयारी कपडाको निर्यात, ७ महिनामा कति बाहिरियो ?

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको ७  महिनामा नेपालबाट विभिन्न देशहरूमा ३ अर्ब २३ करोड रुपैयाँको तयारी कपडा निर्यात भएको छ । भन्सार विभागको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

विभागका अनुसार चालु आर्थिक वर्षको समीक्षा अवधिमा ३ अर्ब २३ करोड रुपैयाँ बराबरको ७० लाख ९७ हजार १८० ओटा तयारी कपडा नेपालबाट विभिन्न देशमा निर्यात भएको छ । 

गत वर्षको सोही अवधिको तुलनामा तयारी कपडाको निर्यात घटेको छ । गत वर्षको सोही अवधिमा ३ अर्ब ३० करोड रुपैयाँ बराबरको ७० लाख २४ हजार ७६ पिस तयारी कपडा निर्यात भएको थियो । 

गत वर्षको तुलनामा यो वर्ष तयारी पोसाकको निर्यात सङ्ख्याको आधारमा १.३५ प्रतिशतले बढे पनि रकमको आधारमा भने २.२२ प्रतिशतले घटेको भन्सार विभागबाट प्राप्त तथ्यांकले देखाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया