काठमाडौं- विमान सेवा प्रदायकहरूले पुन हवाइ भाडा बढाएका छन् । हवाई इन्धनको मूल्य वृद्धिपछि हवाई भाडा पुन बढेको हो ।
नेपाल आयल निगमले हवाई इन्धनको भाडा प्रतिलिटर पाँच रुपैयाँ बढाएसँगै सोही अनुसार फ्युल सरचार्ज समायोजन गरेको बताएको छ ।
यसअघि फागुन ८ मा पनि हवाइ भाडा बढेको थियो । निगमले फागुन १७ मा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । हवाई सेवाको बढेको भाडा भोलि देखि लागू हुनेछ ।
प्रतिक्रिया