भारत- इङ्याण्ड टेस्ट : पहिलो इनिङ २ सय ५ रनमा इङ्याण्ड

३ बर्ष अगाडि

काठमाडौं- भारत तथा इङ्याण्डबीचको टेस्ट श्रृंखलाको चौथो खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको इङ्ल्याण्डले पहिलो इनिङ २ सय ५ रन बनाएको छ ।

खेलमा बेन स्टोक्सले सबैन्दा बढी रन बनाएका थिए । उनले उक्त खेलमा ५५ रन बनाएका हुन् ।

भारतको तर्फबाट अक्षर पटेलले सबैभन्दा बढी ४ विकेट लिन सफल भए भने आर अश्विनले तीन विकेट लिएका हुन् ।

 यस्तै, मोहम्मद सिराजले २ विकेट लिएका हुन् ।

भारतले आफ्नो पहिलो इनिङ सुरु गरेको छ । यो समाचार तयार पार्ने समयसम्म भारतले ७.४ ओभरमा १ विकेट गुमाउदैै ९ रन बनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया