मेयर कप  क्रिकेट : त्रिभुवन आर्मी क्लबको टिम घोषणा

३ बर्ष अगाडि

आगामी फागुन २२ देखि सुरु हुने काठमाडौं मेयर कप एकदिवीय क्रिकेटका लागि त्रिभुवन आर्मी क्लबले  टिम घोषणा गरेको छ  ।

क्लबले बिहीबार विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

काठमाडौं महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले यही फागुन २२ देखि २९ गते सम्म   मेयर कप आयोजना गर्दैछ । जसमा आर्मीसहित ५ टिमले प्रतिस्पर्धा गर्दैछन् । 

टिममा विनोद भण्डारी (कप्तान) सोमपाल कामी, करण केसी, विक्रम सोब, कुशल मल्ल, रोहित, पौडेल, भिम शार्की, हरी चौहान, लोकेश बम, राजेश पुलामी, जितेन्द्र मुखिया, सुशन भारी, शहाब आलम, अनिल मण्डल, राजु रिजाल रहेका छन्

टी–१० लिगमा सहभागी भएका  सोमपाल कामी, करण केसी र कुशल मल्ल  प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता गुमाएका थिए भने प्रधानमन्त्री कप खेलेका हरि कृष्ण झा र आकाश चन्द भने टिममा परेनन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया