पुन : सञ्चालनमा आयो रसुवागढी नाका, ७ कन्टेनर नेपाल आउँदै

३ बर्ष अगाडि

काठमाडौं - तीन साताबाट बन्द रहेको नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । ल्होसारका कारण माघ २९ गतेदेखि बन्द भएको नाका आजबाट खुलेको हो । 

रसुवा भन्सार कार्यालयका अनुसार नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै छ । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरूले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए ।

भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया