फाइभजी परीक्षण चालू वर्ष भित्रै

३ बर्ष अगाडि

काठमाडौं - नेपालमा फाइभजी प्रविधि परीक्षण चालू आर्थिक वर्षभित्रै हुने भएको छ ।

प्राधिकरणको  २३औं बार्षिक स्थापनाको अवसरमा आयोजित कार्यक्रम मार्फत प्राधिकरणका अध्यक्ष पुरुषोक्तम खनालले आगामी वर्षभित्र फाइभजी सेवा प्रयोग गर्ने गरी स्पेक्ट्रम सुनिश्चित गर्ने बताएका हुन् । 

उनले आगामी वर्ष नै सेवा प्रदायकलाई फाइभजी फ्रिक्वेन्सी उपलब्ध गराउने जानकारी पनि दिए ।

नेपाल टेलिकमले भने यसअघि नै फाइभजी सेवा परीक्षणका लागि आफूहरू तयार रहेको बताउँदै आएको छ । त्यसैगरी प्राधिकरणले पनि फाइभजी फ्रिक्वेन्सी खुला गर्नका लागि रेडियो फ्रिक्वेन्सी सेवा समितिमा सिफारिस गरिसकेको छ । 

फाइभजी सेवा सञ्चालन गर्ने सम्बन्धमा फ्रिक्वेन्सी नीति निर्धारण समितिमा पटकपटक छलफल भइसकेको छ । यसका साथै अब नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइने व्यवस्था दूरसञ्चार प्राधिकरणले गर्दैछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया