शुक्रबार पनि ९०० ले घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

शुक्रबार, २१ फागुन २०७७, ११ : ०८

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनको मुल्य तोलामा ९०० रुपैंयाले घटेको छ ।

हिजो प्रतितोला ८६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ९०० रुपैंयाले घटेर प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मुल्य आज प्रतितोला ८५ हजार १५० रुपैंया रहेको छ । 

यस्तै, चाँदीको मुल्य पनि तोलामा ३५ रुपैंयाले घटेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ८५ रुपैंया रहेको थियो ।

शुक्रबार, २१ फागुन २०७७, ११ : ०८

प्रतिक्रिया