आफ्नै मैदानमा लिभरपुल ५ खेलमा पराजित, इतिहासकै कमजोर प्रदर्शन !

३ बर्ष अगाडि

इग्लिस प्रिमियर लिग फुटबल अन्तरगर्त हिजो भएको खेलमा चेल्सीले सानदार जित हासील गरेको छ  । शुक्रबार बिहान लिभरपुल मैदान एनफिल्डमा भएको खेलमा चेल्सीले साविक विजेता लिभरपुललाई १–० गोलले हराएको हो । 

 चेल्सीको जितका लागी  मेसन माउण्टले निर्णायक गोल गरे ।

जितसँगै चेल्सीको  प्रिमियर लिगको शीर्ष चारभित्र पर्ने सम्भावना बलियो रहेको छ । आफ्नै मैदान एनफिल्डमा लिभरपुल पछिल्लो ५ खेलमा पराजित भएको छ । लिरभपुलले आफ्नै मैदानमा यति कमजोर प्रदर्शन गरेको क्लबको इतिहासमै यो पहिलो पटक हो ।

यस्तै प्रिमियर लिगकै गएराति भएका अन्य खेलमा  टोटनह्याम हट्सपरले फुल्हमलाई १–० ले हरायो भने  एभर्टनले वेष्ट ब्रोममाथि १–० कै जित निकाल्यो । गएरातिका खेलहरुपछि इग्लिस प्रिमियर लिग फुटकलको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा यथावत छ ।

समान खेलबाट ५१ अंक जोडेको म्यान्चेस्टर युसनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५० अंक छ । ४७ अंकसहित चेल्सी चौथो तथा ४६ अंक जोडेको एभर्टन पाँचौ स्थानमा उक्लिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया