अस्ट्रेलिया ५० रनले बिजयी,  पाँचौ खेल निर्णायक हुने !

३ बर्ष अगाडि

न्युजिल्याण्डविरुद्धको चौथो टी–२० क्रिकेटमा अस्ट्रेलियाले जित निकालेको छ । विलिङटनमा अन्तरर्गत आज भएको खेलमा अस्ट्रेलियाले ५० रनको जित निकालेको हो । 

अस्ट्रेलियाले दिएको  १५७  रनको लक्ष्य  पछ्याएको न्युजिल्याण्डले १८.५ ओभरमा अलआउट हुँदै १०६ रन मात्र बनाउन सक्यो ।

न्युजिल्याण्डका लागि केली जेमिसनले सर्वाधिक ३० रन बनाए भने टिम सेइफार्टले १९ र डेभोन कोनवेले १७ रन बनाए ।

न्युजिल्याण्डलाई अलआउट गर्न अस्ट्रेलियाका केन रिचार्डसनले ३, अस्टन अगर, एडम जाम्पा र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले अविजित रहदै ७९ रन बनाए ।

यस्तै मार्कुस स्टोनिसले १९, ग्लेन म्याक्स्वेलले १७,म्याथ्यु वेडले १४ र जोस फिलिपले १३ रन जोडे ।
न्युजिल्याण्डका इश सोधीले ३ तथा ट्रेण्ड बोल्टले २ विकेट लिए ।

जितपछि अस्ट्रेलियाले पाँच खेलको सिरिजमा २–२ को बराबरी गरेको छ । अब सिरिजको पाँचौ खेल निर्णायक हुने भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया