सुनको मूल्य हप्तामा ३ हजार बढीले घट्यो

शनिबार, २२ फागुन २०७७, १२ : ०१

काठमाडौं - नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घटेको छ । 

गत शुक्रबार अर्थात फागुन १४ गते छापावाला सुन तोलामा ८८ हजार ८०० रुपैयाँ र तेजावी ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको सुनको मूल्य फागुन २१ गतेसम्म शुक्रबार सम्म आइपुग्दा ३ हजार २०० रुपैयाँले घटेको हो । 

त्यस्तै चाँदीको मूल्य यो हप्ता सम्ममा ८५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २१ गते शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८५ हजार ६०० रुपैयाँ र तेजावी ८५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।  

चाँदीको मूल्य तोलाको १ हजार २५० रुपैयाँ तोकिएको छ ।

शनिबार, २२ फागुन २०७७, १२ : ०१

प्रतिक्रिया