काठमाडौं मेयर कप क्रिकेट अन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले जित निकालेको छ । मुलपानी मैदानमा भएको खेलमा वाग्मती प्रदेशमाथि पुलिस क्लबले २ रनको जित निकालेको हो ।
टस जितेर ब्याटिङ गरेको पुलिसका लागि कप्तान मञ्जित श्रेष्ठले सर्वाधिक १५ रन र सुनिल धमला, अनिल शाह र दीलिप नाथले समान १०÷१० रन जोड्दै ७२ रन बनाए।
यस्तै पुलिसका लागि अरियो पौडेलले सर्वाधिक ४ विकेट लिँदा नन्दन यादवले ३ र सोनु देवकोटाले १ विकेट लिए।
७३ रनको लक्ष्य पछ्याएको वाग्मती २७.२ ओभरमा अलआउट हुँदै ७० रनमा समेटियो।
वाग्मतीका लागि कप्तान ज्ञानेन्द्र मल्लको २२ रन र आदिल खानको १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
वाग्मतीलाई लक्ष्यसम्म पुग्न नदिन पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिँदा ललित राजवंशीले ३ विकेट, सागर ढकालले २ विकेट र राशिद खानले १ विकेट लिए।
प्रतिक्रिया