इङ्गल्याण्डसँगको चौथो तथा अन्तिम टेष्टमा भारतले जित निकालेको छ । आज भएको खेलमा भारतले इङ्गल्याण्डलाई एक इनिङ्स र २५ रनले हराएको हो ।
इङ्गल्याण्ड एक सय ३५ रनमा अलआउट भएसँगै भारत एक इनिङ्स र २५ रनले विजयी भयो । भारतका लागि अक्षर पटेल र रविचन्द्रन आश्विनले पाँच–पाँच विकेट लिए ।
इङ्गल्याण्डको लागि ड्यान लरेन्सले सर्वाधिक ५० रन बनाए ।
जितसँगै चार खेलको शृङ्खलामा भारत ३–१ ले अगाडी रहदै विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पनि पुगेको छ ।
प्रतिक्रिया