एजेन्सी - स्पेनी ला लिगामा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ ।
यससँगै टोलीले शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा छोट्याएको छ ।
जोर्डी अल्बाले लियोनल मेसीको पासमा पहिलो गोल गरेका हुन् । त्यस पछि इलिक्स मोरिबाले पनि मेसीकै सहयोगमा दोस्रो गोल गरे ।
बार्सिलोनाको २६ खेलबाट ५६ अंक भएको छ ।
प्रतिक्रिया