अस्ट्रेलियाविरुद्धको टि–२० क्रिकेट सिरिको उपाधि न्युजिल्यान्डले जितेको छ। आइतबार बिहान भएको अन्तिम तथा पाँचौं खेलमा घरेलु टिम न्युजिल्यान्डले अस्ट्रेलियालाई सात विकेटले पराजित गर्दै सिरिज जितेको हो।
अस्ट्रेलियाले दिएको १४३ रन पछ्याएको न्युजिल्यान्डले १५.३ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेटायो।
न्युजिल्यान्डका मार्टिन गुप्टिलले सर्वाधिक ७१ रन बनाउँदा डेभन कोनवोयले ३६ र ग्लेन फिलिप्सले अविजित ३४ रन बनाए। बलिङतर्फ रिले मेरेडिथले दुई विकेट लिए।
प्रतिक्रिया