काठमाडौं मेयरकप: सन्दीपको विस्फोटक ब्याटिङ, वाग्मतीलाई २४५ रनको लक्ष्य  !

आइतबार, २३ फागुन २०७७, १३ : ३१

काठमाडौं मेयरकप अन्तर्गत आजको  खेलमा वाग्मती प्रदेशले २४५ रनको लक्ष्य पाएको छ ।  मुलपानी क्रिकेट मैदानमा जारी खेलमा  काठमाडौं मेयर ११ ले वाग्मती प्रदेशले २४५ रनको लक्ष्य दिएको हो । 

टस हारेर ब्याटिङ गरेको मेयर ११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४४ रन बनायो। जसमा कप्तान सन्दीप लामिछानेले २० बलमा ६ छक्काको सहयोगमा ४२ रन जोडे ।   सिद्धान्त लोहनीले ३४ र सन्दीप रजालीले ३३ रन बनाए। त्यस्तै काठमाडौं मेयर ११ को स्कोर उकास्न सौरभ खनालले सर्वाधिक ४९ रन बनाउँदै अभिजित रहे।

बलिङतर्फ वाग्मतीका नन्दन यादवले सर्वाधिक ४ विकेट लिँदा अरियो पौडेल र रामनरेश गिरीले समान २र२ विकेट लिए।त्यस्तै दीपेश श्रेष्ठले १ विकेट लिए।

आजै कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा नेपाल पुलिस क्लब र एपीएफ प्रतिस्पर्धा गरिरहेका छन्।

आइतबार, २३ फागुन २०७७, १३ : ३१

प्रतिक्रिया