आईपीएल : खेल तालिका सार्वजनिक (तालिका सहित )

आइतबार, २३ फागुन २०७७, १५ : २८


 इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करण अप्रिल ९ (चैत २७ ) गतेबाट सुरू हुने भएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले  आज (आइतबार) आईपीएलको मिति घोषणा गर्दै भारतका छ वटा सहरमा प्रतियोगिता हुने जानकारी दिएको छ।

बीसीसीआईका अनुसार खेल अहमदावाद, बैंगलोर, चेन्‍नई, दिल्ली, मुम्बई र कोलकातामा हुनेछ। चेन्‍नईमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक बिजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरविरूद्ध प्रतिस्पर्धा गर्नेछ।

अहमदावादको नरेन्द्र मोदी क्रिकेट रंगशालामा प्रतियोगिताको ‘प्लेअफ’ खेल र मे ३० मा फाइनल हुनेछ। 
 
५६ खेलमध्ये चेन्‍नई, मुम्बई, कोलकाता र बैंगलोरले समान १०–१० खेल आयोजना गर्ने छन्। अहमदावाद र दिल्लीले समान आठ–आठ खेल आयोजना गर्ने छन्।

 

https://resources.platform.iplt20.com/IPL/document/2021/03/07/0da8f45b-ec57-4391-9a07-9e4dbff62ff7/VIVO-IPL-2021-MATCH-SCHEDULE.pdf

आइतबार, २३ फागुन २०७७, १५ : २८

प्रतिक्रिया