इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगर्त आज राति चार खेल हुँदैछन् । शीर्ष स्थानको म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेड भिड्दै छन् ।
खेल सिटीको घरेलु मैदानमा नेपाली समय अनुसार राति १०ः१५ बजे शुरु हुनेछ । सिटी २७ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने तेस्रो स्थानको युनाईटेडको ५१ अंक रहेको छ ।
अन्य खेलमा लिभरपुलले फुल्हमसँग १९ः४५ बजे, वेष्टब्रोमले न्यूकासल युनाइटेडसँग १७ः१५ बजे र टोटनह्यामले राति घरेलु मैदानमा १ बजे क्रिष्टल प्यालेससँग खेल्नेछ ।
प्रतिक्रिया