बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित

सोमबार, २४ फागुन २०७७, ०८ : ३४

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । लापोर्टा दोस्रो पटक बार्सिलोनाको अध्यक्षमा चुनिएका हुन् ।

यसअघि लापोर्टा सन् २००३ देखि १० सम्म अध्यक्ष थिए । 

अध्यक्षको प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पार्दै लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् ।

सोमबार, २४ फागुन २०७७, ०८ : ३४

प्रतिक्रिया