काठमाडौं – चालु आर्थिक वर्षको ७ महिनामा नेपालबाट तीन देशमा रु. १५ करोड ६७ लाख बढिको सुनको गहना निर्यात भएको छ । भन्सार विभाग माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
विभागको अनुसार नेपालबाट ७ महिनामा अष्ट्रेलिया, हङकङक र अमेरिकामा रु. १५ करोड ६७ लाख ६९ हजार बराबरको साढे १२ केजी सुनका गरगहना निर्यात भएका हुन् ।
गत आवसम्म विदेशमा यस्ता गरगहनाको निर्यात भएको देखिदैन । अहिले भन्सार विभागले यसको निर्यातका लागि एचएस कोड दिएपछि निर्यात हुन लागेको हो ।
विशेषगरि उक्त मुलुकमा नेपाली मौलिक गरगहनाको निर्यात भएको हो । पछिल्लो समय त्यस्ता मुलुकमा नेपालीहरूको बसोबास बढ्दै गएको छ । उनीहरूबाट नै सुनका गरगहनाको माग हुने गरेको हो ।
विदेशीमा मुलुकमा बन्न नसक्ने नेपाली मौलिक गरगहना यहाँबाट आयात हुने गर्छ ।
यसअवधीमा सबैभन्दा धेरै अमेरिकामा रु. ८ करोड ५७ लाख ९० हजार रुपैयाँ बराबरको ६ दशमलव ७५३ केजी र १० लाख ६१ हजार रुपैयाँ बराबरको एक केजी सुनका गरगहना निर्यात भएको छ ।
त्यस्तै हङकङमा रु. ४ करोड १८ लाख ५४ हजार रुपैयाँ बराबरको ३ दशमलव ३४८ केजी सुनका गरगहना निर्यात भएको छ ।
आर्थिक वर्षको समीक्षा अवधिमा नै अष्ट्रेलियामा रु. १ करोड १७ लाख ५० हजार रुपैयाँ बराबरको ३८६ ग्राम र ८४ लाख १४ हजार रुपैयाँ बराबरको एक केजी सुनका गरगहना निर्यात भएको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया