चेल्सीले एभर्टनलाई २-० गोलले हरायो

मंगलबार, २५ फागुन २०७७, १५ : ०१

काठमाडौं- इग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार बिहान सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । 

एभर्टनका बेन गडफ्रेले एक आत्माघाति गोल गरेपछि चेल्सीले सहज जित निकालेको हो । टुकेलको नेतृत्वमा चेल्सीले ६ खेल जितेको छ भने तीन खेल बराबरी गरेको छ ।

५० अंक जोडेको चेल्सी चौथो स्थानमा रहँदा ४८ अंकका साथ वेष्ट ह्याम युनाईटेड पाँचौ स्थानमा रहेको छ ।

मंगलबार, २५ फागुन २०७७, १५ : ०१

प्रतिक्रिया