च्याम्पियन्स लिगबाट बाहिरियो युभेन्टस

बुधबार, २६ फागुन २०७७, ०७ : ४४

काठमाडौं - युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनलबाट  युभेन्टस बाहिरिएको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा पोर्चुगिज क्लब पोर्टोलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरे पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो ।

पहिलो लिगमा पोर्टोले घरेलु मैदानमा युभेन्ट्सलाई २-१ ले पराजित गरेको थियो । दोस्रो लिगमा युभेन्ट्सले ३-२ ले जितेपछि समग्रमा नतिजा ४-४ को बराबरी भयो । तर पोर्टोले अवे मैदानमा धेरै गोल गरेका आधारमा क्वाटरफाइनलमा स्थान बनाएको छ ।

क्रिस्टियानो रोनाल्डो सम्मलिति युभेन्ट्स लगातार दोस्रो पटक च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको हो ।

बुधबार, २६ फागुन २०७७, ०७ : ४४

प्रतिक्रिया