नेयमार बार्सिलोनाविरुद्धको खेलमा सहभागि हुन नपाउने

बुधबार, २६ फागुन २०७७, १२ : ४९

काठमाडौं - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले स्पेनिस क्लब बार्सिलोनाविरुद्धको खेल खेल्न नपाउने भएका छन् । 

चोटको कारण नेयमारले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बार्सिलोनासँगको दोस्रो लिग खेल्न नपाउने भएका हुन् । 

पीएसजी र बार्सिलोनाबीचको दोस्रो लिग खेल बुधबार राति पीएसजीको मैदानमा हुनेछ । चोटको कारण नेयमारले बार्सिलोनासँगको पहिलो खेल पनि गुमाएका थिए ।

पहिलो लिगमा पीएसजीले बार्सिलोनालाई ४९१ ले हराएको थियो । नेयमारलाई कोप डे फ्रान्स अन्तर्गत केनविरुद्धको खेलमा चोट लागेको हो । 
 

बुधबार, २६ फागुन २०७७, १२ : ४९

प्रतिक्रिया