सम्राट सिमेण्ट बिक्री बितरणमा रोक, इजाजत नै नलिएको खुलासा

बुधबार, २६ फागुन २०७७, १९ : ०१

नेपाल गुणस्तर तथा नापतौल विभागले सम्राट सिमेन्टलाई कारबाही गरेको छ। नेपाल गुणस्तरको इजाजत नै नलिई बजारमा बिक्री बितरण गरेको भन्दै विभागले सम्राटलाई कारबाही गरेको हो । 

विभागको अनुगमनका क्रममा उक्त उद्योगबाट उत्पादित ५३ ग्रेड (एनएस ५७२) उल्लेखित करीब १०० बोरा ओपीसी सिमेन्ट पीआरए गजदम्बा इन्टरप्राइज बाफल काठमाडौंमा बिक्री वितरणका लागि राखेको फेला परेको थियो । 

५३ ग्रेड (एनएस ५७२) मा नेपाल गुणस्तर प्रमाण चिन्ह नै नपाएको भएपनि चिन्ह राखेर बिक्रि गरेकोले कारबाही गरेको विभागले जनाएको छ । 

विभागका प्रवक्ता दिनानाथ मिश्रका अनुसार उक्त उद्योगलाई नेपाल गुणस्तर चिन्ह ऐन– २०३७ तथा नियमावली– २०४० बमोजिम कारबाही अगाडि बढाइएको छ।


 

बुधबार, २६ फागुन २०७७, १९ : ०१

प्रतिक्रिया