एजेन्सी - स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ ।
गएराति सम्पन्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको खेलमा १-१ को बराबरी खेलेसँगै बार्सिलोना समग्रमा ५-२ ले पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको हो ।
यसअघि पहिलो लेगको खेलमा पीएसजीले बार्सिलोनालाई घरेलुमैदानमै ४-१ गोलअन्तरले हराएको थियो ।
साथै बार्सिलोनालाई पछि पार्दै पीएसजीले अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ ।
प्रतिक्रिया