बिहीबार तोलामा ६०० ले बढ्यो सुनको मुल्य, कतिमा हुदैंछ कारोबार

विहीबार, २७ फागुन २०७७, ११ : २८

काठमाडौं-  बिहीबार नेपाली बजारमा सुनको मुल्य तोलामा ६०० रुपैंयाले बढेको छ ।

हिजो प्रतितोला ८६ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० रुपैंयाले बढेर प्रतितोला ८६ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ३५० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ८५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य १२ सय ७० रुपैंया रहेको थियो । 

विहीबार, २७ फागुन २०७७, ११ : २८

प्रतिक्रिया