२५ औँ गोल गर्दै एमबाप्पेले तोडे मेस्सीको किर्तिमान

विहीबार, २७ फागुन २०७७, १४ : १०

काठमाडौँ-  पीएसजीका किलियान एमबाप्पेले च्याम्पियन्स लिगमा लियोनल मेस्सीको कीर्तिमान तोडेका छन् । उनले  बुधबार राती बार्सिलोनाविरुद्व एक गोल गरेसँगै एमबाप्पेको च्यामिपयन्स लिगमा २५ गोल पुगेको छ । 

मेस्सीले २२ वर्ष २८६ औँ दिनको हुँदा च्याम्पियन्स लिगमा २५ औँ गोल गरेका थिए । जुन किर्तिमान २२ वर्ष ८० दिनको छँदा एमबाप्पेले तोडेका छन् ।  च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एमबाप्पेले बार्सिलोनाविरुद्व ह्याट्रिक गरेका थिए । पीएसजीलाई क्वार्टरफाइनल पुर्‍याउन एमबाप्पेले घरेलु मैदानमा पनि गोल गरे ।

विहीबार, २७ फागुन २०७७, १४ : १०

प्रतिक्रिया