उखु उत्पादनका लागि ८ लाख विनियोजन

विहीबार, २७ फागुन २०७७, १५ : २२

काठमाडौं - दार्चुलाका तीन स्थानीय तहमा उखु उत्पादका लागि कृषि ज्ञान केन्द्रले रु ८ लाख बजेट विनियोजन गरेको छ । 

उखु व्यवसाय पछिल्लो समय कम हुँदै गएको र माग बढ्दै गएपछि   केन्द्रले जिल्लाका तीनवटा स्थानीय तहमा उखु प्रवद्र्धन गर्न लागेको हो । 

नगदे बालीअन्तर्गत पर्ने उखु खेती तराईमा व्यवसायिकताका साथ गरिन्छ ।  पहाडमा त्यसरी गरिँदैन् । पहाडमा अहिले पनि परम्परागत विधिको रुपमा उखु खेती गरिँदै आएको छ । 

ज्ञान केन्द्रका अनुसार जिल्लाको मालिकार्जुन र लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा चालू आर्थिक वर्षबाट उखु प्रवद्र्धन गर्न लागिएको छ ।  

जिल्लामा उखुबाट उत्पादन हुने गुड प्रतिकिलो रु एक सयदेखि १५० सम्म सजिलै बिक्री हुने गर्दछ । गुड खासगरी चैत महिनामा बढी खपत हुने गरेको छ । 

परम्परागत रुपमा उखु पेलाइहुँदै आएको ज्ञान केन्द्रले विद्युतीय मेसिन खरीद गर्ने तथा अन्य उपकरण खरीद गर्नका लागि रकम विनियोजन समेत गरेको छ ।  

जिल्लामा हालसम्म पनि आगोमा पकाएर तयार पारिएको गुड विद्युत्तीय भट्टिमा पकाएर तयार पारिएको गुड भन्दा स्वादिष्ट हुने गरेको छ । 

पहाडको गाउँमा चिनीको प्रयोग बढेको तथा युवामा विदेश मोह पलाएको कारण विगतको तुलनामा अहिले उखु खेतीप्रतिको लगाव घट्दै गएको उखु किसानले बताएका छन् ।

विहीबार, २७ फागुन २०७७, १५ : २२

प्रतिक्रिया