काठमाडौं - बितेको तीन वर्षमा वाग्मती प्रदेश सरकारले करीब रु. आठ करोड भन्दा बढी रकम किसानलाई अनुदानका रुपमा उपलब्ध गराएको छ ।
वाग्मती प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका २४७ वटा दुग्ध उत्पादक सहकारीमार्फत कृषककै खातामा जाने गरी रु आठ करोड ८८ लाख दूध उत्पादनमा अनुदान वितरण गरिएको हो ।
यस प्रदेशमा ३७ वटा चिलिङ सेन्टर स्थापना भएको छ । चिलिङ सेन्टर स्थापनाबाट दैनिक ७२ हजार लिटर दूध चिस्यान भई दूधको गुणस्तरमा वृद्धि भएको तथा उपभोक्तासमक्ष स्वास्थ्यकर दूध उपलब्ध भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया