काठमाडौं - मेयर कपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले हात पार्न सफल भएको छ । काठमाडौं महानगरपालीकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ ९क्यानले० आयोजना गरेको उक्त कपको उपाधि नेपाल पुलिस क्लबले हात पार्न सफल भएको हो ।
शनिबार भएको फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ८ विकेटले हराएको हो । एपिएफले दिएको १०६ रनको लक्ष्य पुलिसले २४.१ ओभरमा मात्र २ विकेट गुमाउँदै भेट्टायो ।
पुलिसलाई सहज जित दिलाउन सुनिल धमलाले अर्धशतकीय पारी खेले । ५९ रनमा अविजित रहेका उनले ८२ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
कुशल भुर्तेल र अनिल शाहले समान १५–१५ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे ।
फागुन २२ देखि सुरु भएको प्रतियोगितामा गत महिना सम्पन्न प्रधानमन्त्री कपमा सेमिफाइनल प्रवेश गरेका चार टोली ९ त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश० सहित काठमाडौं मेयर ११ को सहभागिता थियो ।
प्रतिक्रिया