बक्सिङ लिजेन्ड मार्भिनको ६६ वर्षको उमेरमा निधन

आइतबार, ०१ चैत्र २०७७, ११ : ५८

काठमाडौं- अमेरिकी बक्सिङ लिजेन्ड मार्भिन हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको छ ।

“बक्सिङले एक लिजेन्ड गुमाएको छ । उनी बक्सिङका लागि महत्त्वपूर्ण उदाहरण थिए,” बक्सिङ प्रमोटर फ्रान्क वारेनले भनेका छन् । हाग्लरले १४ वर्षको व्यावसायिक जीवनमा ६७ फाइट गरेका थिए ।

उनले ६२ खेल जित्दा ५२ नकआउट गरेका थिए भने करियर २ खेल बराबरी खेल्दा ३ खेल हारेका थिए ।

“मैले आज जीवनको महत्त्वपूर्ण व्यक्ति गुमाएको छु । उनको घरमै असामयिक निधन भयो,” हाग्लरकी पत्नी के हाग्लरले लेखेकी छन् ।

आइतबार, ०१ चैत्र २०७७, ११ : ५८

प्रतिक्रिया