एजेन्सी - स्पेनी क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा पर्छन् । उनले बार्सिलोनाका लागि ६५८ गोल गरेर रेकर्ड राख्न सफल भएका छन् ।
साथै क्लबका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको रेकर्डमा पनि उनी आफ्नो नाम राख्नका लागि एक कदम पछाडि रहेका छन् ।
सोमबार हुने ह्युस्काबिरुद्धको खेलमा उनले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने पुर्व खेलाडी जावी हर्नान्डेजको रेकर्ड समान गर्नेछन् ।
जावीले बार्सिलोनाका लागि सर्वाधिक ७६७ खेल खेलेका छन् भने मेस्सीले सोमबार बार्सिलोनाका लागि आफ्नो करियरको ७६७ औँ खेल खेल्ने भएका छन् ।
उनले बार्सिलोनाका लागि अन्य खेलाडीले भन्दा धेरै मिनेट खेलेका छन् । उनले ६२४४७ मिनेट खेलका छन् भने जावीले ५८६७५ मिनेट खेलेका छन् ।
बार्सिलोनाका लागि आन्द्रेस इनिइस्टाले ३२ उपाधि जितेका छन् भने कप्तान मेस्सीले सर्वाधिक ३४ उपाधि जतेका छन् ।
बार्सिलोना छाड्ने कुरा चलिरहँदा उनले बार्सिलोना क्लबको विभिन्न रेकर्डहरु आफ्नो नाममा पारेका छन् ।
प्रतिक्रिया