काठमाडौं- भारतबाट चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नेपालामा रु. ३ अर्ब ८६ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ । नेपालमा भारतदेखि आएको प्रतिबद्धताबाट ५ परियोजना सञ्चालन गर्न सकिन्छ जसले २ सय ३० जना व्यक्तिलाई रोजगारीको अवसर प्रदान गर्ने क्षमता राख्दछ । उद्योग बिभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।
चालु आवको ८ महिनामा भारतदेखि निर्माण क्षेत्रमा रु. २ अर्ब ३६ बराबरको लगानी प्रतिबद्धता आएको छ । उक्त क्षेत्रमा आएको प्रतिबद्धतामा २ परियोजना छन् जसको कुल खर्च रु.३ अर्ब ६० करोड बराबर रहेको छ । उक्त परियोजना सञ्चालन भएमा ६४ जना व्यक्तिले रोजगारीको अवसर पाउने छन् ।
यस्तै, भारत नेपालको सेवा क्षेत्रमा पनि लगानी गर्न इच्छुक रहेको विभागको तथ्यांकले देखाउँछ । भारतदेखि नेपालमा सेवा क्षेत्रमा रु १ अर्ब ६६ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ । उक्त प्रतिबद्धताबाट ३ परियोजना सञ्चालन गर्न सकिन्छ । उक्त परियोजना सञ्चालन गर्दा १ सय ६६ जना व्यक्तिले रोजगारीको अवसर पाउनेछन् ।
प्रतिक्रिया