रोनाल्डोले तोड्यो पेलेको कीर्तिमान, दिए बधाइ

सोमबार, ०२ चैत्र २०७७, ०७ : ५२

एजेन्सी - इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टसले काग्लिअरीलाई पराजित गरेको छ । सरडेग्ना एरेनामा सम्पन्न खेलमा युभेन्टसले घरेलु टोलीमाथि ३-१ गोलअन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले ३२ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका हुन् । खेलको १० औं मिनेटमा युभेन्टसलाई अग्रता दिलाएका रोनाल्डोले २५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए । 

ह्याट्रिक पुरा गरेसँगै रोनाल्डोले ब्राजिलियन लेजेन्ड पेलेको सर्वाधिक गोलको कीर्तिमान तोडेका छन् । पेलेले करियरमा ७६७ गोल गरेकोमा रोनाल्डोले ७७० गोल पुर्‍याएका हुन् ।

कीर्तिमान तोडिएपछि पेलेले रोनाल्डोलाई बधाइ दिँदै जीवनमा हरेकको आफ्नो यात्रा हुने र रोनाल्डोको यात्रा एकदमै राम्रो भएको उल्लेख गरेका छन् । साथै आफ्नो कीर्तिमान तोडेकोमा बधाइ दिएका छन् ।

त्यस्तै तेस्रो गोल खेलको ३२ औं मिनेटमा फेडेरिको किएजाको पासमा गरेका थिए । पहिलो हाफमा युभेन्टस तीन गोलले अघि रहेको थियो । दोस्रो हाफमा घरेलु टोलीका जिओभानी सिमोनले गोल फर्काउँदा खेल ३-१ मा युभेन्टसले जित हासिल गरेको हो । 

जितसँगै २६ खेलबाट ५५ अंक जोडेको युभेन्टस तालिकाको शीर्ष तीनमा प्रवेश गरेको छ ।

सोमबार, ०२ चैत्र २०७७, ०७ : ५२

प्रतिक्रिया